रुकुमपश्चिममा जनार्दन शर्मा पराजित

डिसी नेपाल
२४ फागुन २०८२ ४:२५
4.3k
Shares

काठमाडौं। रुकुमपश्चिममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार गोपाल शर्मा निर्वाचित भएका छन्।

निर्वाचन आयोगका अनुसार शर्मा २१ हजार ६०९ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकतटम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजु केसीले १६ हजार ६६१ मत प्राप्त गरेका छन्।

यही फागुन २१ गते भएको निर्वाचनमा प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्माले १४ हजार ३४६ मत प्राप्त गरे। राष्ट्रिय स्वतन्त्र पार्टीका मानबहादुर शाहीले चार हजार ७६ मत प्राप्त गर्नुभएको छ।

यस्तै, नेकपा (एमाले) का नन्दराम देवकोटाले एक हजार ८६९, नेकपा (माओवादी) का चन्द्रबहादुर बुढाले ३६६ मत प्राप्त गरेका छन्। एउटामात्रै निर्वाचन क्षेत्र रहेको सो जिल्लामा एक लाख ६ हजार ६६९ मतदाता रहेका थिए। त्यसमा ५४ हजार २६३ पुरुष र ५२ हजार ३९६ महिला मतदाता रहेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *