अन्नपूर्ण नारायण मन्दिरमा पहिलो पटक महिला पुजारी नियुक्त

डिसी नेपाल
१५ माघ २०७७ २२:०८
148
Shares

काठमाडौं। काठमाडौंको असनस्थित अन्नपूर्ण नारायण मन्दिरमा पहिलो पटक एक महिला पुजारी नियुक्त भएकी छन्। गुठी संस्थानले सहनशीला शर्मा झालाई एक वर्ष परीक्षणकाल रहनेगरी पाँच वर्षका लागि पुजारी नियुक्त गरेको हो।

पुजारी नियुक्त भएपछि शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत खुशी व्यक्त गरेका छन्। उनले लेखेकी छन्, ‘कुनै पनि महिलालाई पुजारी नियुक्ति गर्ने गुठी संस्थानमा रहेनछ। तर मैले उहाँहरुलाई किन हुँदैन त भन्‍ने प्रश्‍न राख्दा महिला पुजारी हुन मिल्दैन भन्‍ने जवाफ पाएँ। तर पनि प्रयास गरिरहेँ। आज नियुक्ति पत्र पनि पाएँ।’

उनले पुर्खाले गर्दै आएको परम्परालाई आफूले जितेको बताउँदै भनेकी छिन्, ‘सधैँ छोरालाई मात्रै पुजारीको अधिकार दिइन्थ्यो।आज मैले यो परम्परालाई जितेँ। मेरो पुर्खा पक्‍कै पनि खुशी हुनेछन् होला।’

मन्दिरमा पहिलो पटक महिला पुजारी नियुक्त गरिएपछि सामाजिक सञ्जालमा यो नियुक्तिलाई महिला अधिकारसँग जोडेर सकरात्मक बहस गरिएको छ। सामाजिक सञ्जालमा यो विषयमा निकै चर्चासमेत भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.