शहीद गङ्गालालको अर्धकदको शालिक अनावरण

डिसी नेपाल
१७ माघ २०७७ १०:३५
64
Shares

काठमाडाैं । शहीद दिवसका अवसरमा काठमाडौँ महानगरपालिका–१९ प्याफल चोकमा निर्माण भएको शहीद गङ्गालाल श्रेष्ठको अर्धकदको शालिक अनावरण गरिएको छ। वडा नं १९ को करिब रु छ लाखको लागतमा शालिक निर्माण गरिएको वडा सदस्य चन्द्रमान डङ्गोलले जानकारी दिए।

प्याफल चोक शहीद गङ्गालालको पुर्ख्याैली थलो हो। बाबु आमाको जागीरको सिलसिलामा रामेछापमा गङ्गालालको जन्म भएपनि उनको स्थायी ठेगाना प्याफल चोक नै भएको वडा कार्यालयले जनाएको छ।

प्याफल चोकमा गङ्गालालको शालिक अनावरणपछिको सभामा वडाध्यक्ष शशीलाल श्रेष्ठले सो चोकलार्ई गङ्गालालको नामबाट गङ्गालाल चोक घोषणा गरे। शालिक राख्न नभई राम्रो काम गरेर गङ्गालाल शहीद भएकाले त्यही बाटो अनुशरण गर्न उनले आह्वान गरे। गङ्गालाल क्लबका अध्यक्ष अशोकमान वज्राचार्यले देशका लागि जीवन समर्पण गर्ने महान शहीदको राज्यले उचित सम्मान दिनुपर्नेमा जोड दिए।

यसअघि विसं २०४६ मा प्रजातन्त्र पुनस्र्थापनाका लागि भएको जनआन्दोलनमा शहादत प्राप्त गर्ने निर्गुण स्थापितको शालिकमा पनि माल्यार्पण गरिएको थियो। यट्खा चोकमा रहेको स्थापितको शालिकमा वडाध्यक्ष श्रेष्ठलगायत वडाबासीले माल्यार्पण गरेका थिए।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.