सोमबार राति चक्रपथमा किन आउँदैछन् सेनाका बख्तरबन्द गाडी ?

डिसी नेपाल
१८ माघ २०७७ १८:४८
3.2k
Shares

काठमाडौं। सेनाको बख्तरबन्द गाडी युद्धको अवस्थामा प्रयोग हुन्छ। यसरी युद्धमा प्रयोग हुने सेनाका बख्तरबन्द गाडी सोमबार राति काठमाडौंको चक्रपथमा निस्किँदैछन्। जंगी अड्डाले सामाजिक सञ्जालमार्फत बख्तरबन्द गाडी चक्रपथमा निस्कने सार्वजनिक सूचना जारी गरेको छ।

किन बख्तरबन्द गाडी चक्रपथको परिक्रमा गर्न लागेका हुन् ? भन्ने प्रश्नको जवाफमा जंगी अड्डा स्रोतले भन्यो, ‘यो नियमित अभ्यास हो। तर एक्कासी सडकमा बख्तरबन्द गाडी देखिए कसैलाई कुनै भ्रम होला भनेर भ्रम निवारण गर्न सूचना गरिएको हो।’

सेनाले ८ वटै पृतना अन्तर्गतका ‘मेकनाईज्ड युनिट’ हरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा वख्तरवन्द गाडीको अभ्यास गर्ने समेत बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.