उषाकिरणले झाँक्रीलाई भनिन्, ‘ठाउँ साटौं, तपाईँ हाम्रो बाल्यकाल दिनुहोस्, राष्ट्रपतिको सुविधा लैजानुहोस्’
काठमाडौं । मदन भण्डारी पुत्री उषा किरणले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रिलाई आफ्नो बालापन फिर्ता गराउन चुनौती दिएकी छिन्। सामाजिक सञ्जाल फेसबुकमा झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको बारेमा गरेको टिप्पणीको जफाव दिँदै उषाकिरणले ठाउँ साट्न समेत तयार रहेको बताएकी छन्।
उषाकिरणले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेकी छन्, ‘ यदि तपाईँलाई लाग्छ आफ्नो माया र जीवनसाथी भन्दा माथि करियर, महत्वकांक्षा हो भने, ठाउँ साटौं। तपाईँ उहाँको सिन्दुर पोते, रातो सारी, हाम्रो बाबा, हाम्रो बाल्यकाल फिर्ता ल्याइदिनुहोस अनि हामीसँग त्यस्तो नाफा भएको के छ जस्तो लाग्छ लिएर जानुस्।’
उनले सेतो सारिमा गल्ति नभएर दृष्टिकोणमा भएको प्रतिक्रिया दिएकी छन्। उनले झाँक्रीको जवाफमा भनेकी छन्, ‘त्यो बेला चुनाव लडाउनु गल्ती होइन, उहाँ (राष्ट्रपति) माथि त्यसबेलाका शिर्ष नेताहरुले गरेको व्यवहार र बोलीमा गल्ती थियो। अहिले उहाँ तपाईँको शिर्ष नेता हुनुहुन्छ गएर सोध्नुहोस्।’
झाँक्रीले गोरखामा भएको एउटा कार्यक्रममा राष्ट्रपतिको बारेमा टिप्पणी गरेकी थिइन्। उनले आमसभामा राष्ट्रपतिले गुटको स्वार्थपूर्तिका लागि काम गरेको आरोप लगाएकी थिइन्। नेकपा विवादका कारण स्पष्ट दुई समूहमा विभाजन भएपछि एकले अर्कालाई गालि गर्ने क्रम बढ्दो छ।







डिसी नेपाल







Facebook Comment