म्यानमारमा सैन्य कू : सूचीलाई रिहा गर्न देउवाको आग्रह

डिसी नेपाल
१९ माघ २०७७ १७:०५
132
Shares

काठमाडौं। पूर्वी एसियाली मुलुक म्यानमारमा सोमबार सैन्य कू गरिएकोमा नेपाली काँग्रेसले विरोध जनाएको छ। काँग्रेस सभापति शेरबहादुर देउवाले कू को विरोध गर्दै म्यानमारको सेनाद्वारा नियन्त्रणमा लिइएकी नेतृ आङ साङ सूचीलाई रिहा गर्न माग गरेका छन्।

सामाजिक सञ्जालमार्फत देउवाले कू को विरोध गर्दै जननिर्वाचित सरकार पुनःस्थापनाको माग गरेका छन्। म्यानमारमा सेना समर्थक पार्टीले चुनाव हारेपछि सेनाले कूमार्फत सत्ता हातमा लिँदै सूचीलाई गिरफ्तार गरेको छ। सैन्य सरकारले म्यानमारमा एक वर्षका लागि संकटकालसमेत लागू गरेको छ।

सूची यसअघि लामो समय पनि सेनाको नजरबन्दमा रहिसकेकी छन्। नोबेल शान्ति पुरस्कारसमेत पाएकी सूची पछिल्ला दिनहरुमा भने विश्वजगतबाट आलोचित बन्दै आएकी थिइन्। म्यानमारका रोहिंग्या मुस्लिममाथि त्यहाँको सरकारले गरेको दमनबारे उनले उचित कदम नचालेको भन्दै उनको नोबेल शान्ति पुरस्कारसमेत खोसिएको छ।

रखाइन प्रान्तमा रहेका रोहिंग्या मुस्लिमाथि सेना समर्थित सरकारले नरसंहार गरेको अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले बताउँदै आए पनि सूचीले भने हेग अदालतमा म्यानमार सरकारको बचाउ गरेकी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.