प्रचण्ड विरूद्ध परेकाे मुद्दा शर्माकाे एकल इजलासमा
फाइल फाेटाे।
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे विरूद्ध सर्वाेच्चमा परेकाे अदालतकाे अवहेलना सम्बन्धी मुद्दा न्यायाधीश मनाेजकुमार शर्माकाे इजलासमा परेकाे छ। उक्त मुद्दा शर्माकाे एकल इजलासले हेर्ने भएकाे छ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डविरुद्ध अदालतकाे अवहेलना मुद्दा चलाउन अधिवक्ता समिर हायुले साेमबार निवेदन दिएका थिए। साेमबार उक्त निवेदन दर्ता भएकाे हाे।
सार्वाेच्चमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ भइरहेका बेला न्यायधीशहरुलाई धम्क्याउने र कथित जनअदालतबाट फैसला गर्ने जस्ता उत्तेजक अभिव्यक्ति दिएको भन्दै हायुले अवहेलना मुद्दा लगाउन माग गरेका हुन्।
यसअघि शर्माकाे एकल इजलासमा प्रधानमन्त्री केपी शर्मा ओली, चार पूर्वप्रधानन्यायाधीश र पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्धको अवहेलना मुद्दा परेकाे थियाे। सबै विपक्षीलाई अदालतले बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश दिइसकेको छ।







डिसी नेपाल







Facebook Comment