नेकपाको आधिकारिकताको टुंगो नलागेसम्म निर्वाचन प्रक्रिया अघि बढ्नु हुँदैन : प्रचण्ड–नेपाल समूह

डिसी नेपाल
२० माघ २०७७ १२:५३
108
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले आधिकारिकताको टुंगो नलागेसम्म निर्वाचन सम्बन्धि कुनै प्रक्रिया अघि बढाउन नमिल्ने बताएको छ। राजनीतिक दल सम्बन्धि ऐनको दफा ४४ अनुसार नेकपाको आधिकारिकताको दाबी गर्दै आयोग पुगेका नेताहरुले पहिले विवादको निरुपण हुनुपर्ने माग गरेका थिए।

नेकपाका नेता झलनाथ खनालले आधिकारिकता सम्बन्धमा दाबी बल्ल सुरु भएको बताए। आयोगका पदाधिकारीलाई पत्र बुझाएर फर्किने क्रममा कानूनबमोजिम अब प्रचण्ड नेतृत्वको नेकपालाई आधिकारिकता दिनुपर्ने उनले बताए।

नेता सुरेन्द्र पाण्डेले ६४ प्रतिशत जनमत बोकेको प्रचण्ड–नेपाल समूहले नेकपाको आधिकारिकता पाउने विश्वास व्यक्त गरे। उनका अनुसार २७५ जना केन्द्रीय सदस्यको संख्या आयोगमा बुझाइएको छ। आयोगले आधिकारिकताको टुंगो नलगाएसम्म कुनै निर्वाचन प्रक्रिया अगाडि बढाउन नसक्ने उनले बताए।

उक्त समूहको सोमबार बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीबाट र महासचिव विष्णु पौडेललाई पदबाट हटाउने निर्णय गरेको थियो। पुष ५ गते प्रधानमन्त्रीले संसद विघटन गरेपछि नेकपा दुई समूहमा विभाजन भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.