पूर्व न्यायाधीशका छोराले चलाएको बुलेट मोटरसाइकलले ठक्कर दिँदा……

डिसी नेपाल
२० माघ २०७७ २१:५८
180
Shares

काठमाडौं। एक पूर्व न्यायधीशका छोराले बुलेट मोटरसाइकल अनियन्त्रित तवरले चलाउदा नारायण ढकालको मृत्यु भएको छ। गोगंबुमा सोमबार साँझ प्रतीक कोइरालाले चलाएको बुलेट मोटरसाइकलको ठक्करबाट ढकालको मृत्यु भएको हो।

महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी रोशन खड्काका अनुसार काठमाडौ महानगरपालिका २६ गोंगबुस्थित सडकमा बा (१०)२ प ३८७० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री काभ्रे देउपुर ४ बस्ने ३८ वर्षीय नारायण प्रसाद ढकालको आइतबार राति मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाईते भएका उनको ग्रिनसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर मुद्दा चलाएको छ। मोटरसाइकल चालक २१ बर्षीय कोइरालालाई प्रहरीले सवारी ऐन अन्तर्गत मुद्दा चलाइएको महाराजगन्ज प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.