संवैधानिक आयोगमा नियुक्ति, को कहाँ ? (सूचिसहित)

डिसी नेपाल
२१ माघ २०७७ १४:२५
452
Shares

काठमाडौं । सरकारले संवैधानिक आयोगमा नियुक्त गरेका पदाधिकारीहरुले बुधबार शपथ ग्रहण गरे। राष्ट्रपतिको कार्यालय शीतलनिवासमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले नवनियुक्त पदाधिकारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए।

काे कहाँ नियुक्त?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा:  प्रेमकुमार राई नियुक्त भएका छन् । यसैगरी आयुक्तहरुमा जयबहादुर चन्द, र किशोर सिलवाल नियुक्त भएका छन्।

यस्तै, रिक्त रहेको निर्वाचन आयोगको आयुक्तमा रामप्रसाद भण्डारी र डा. जानकी तुलाधरलाई नियुक्त गरिएको छ।  राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षमा तप्तबहादुर मगरलाई नियुक्त गरिएको छ भने, सदस्यहरुमा मनोज दुवाडी, सूर्य ढुंगले, लिली बस्नेत थापा, र मिहिर ठाकुरलाई नियुक्ति दिइएको छ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वृत्त आयोगमा जुद्ब गुरुङ र अम्मरराज मिश्र, महिला आयोगको अध्यक्षमा कमला पराजुली, सदस्यमा कृष्णकुमारी पौडेल र विद्याकुमारी सिन्हाले जिम्मेवारी पाएका छन्।

राष्ट्रिय दलित आयोगको अध्यक्षको जिम्मेवारी देवराज विकलाई दिइएको छ, भने सदस्यहरुमा मीना सोब र पर्शुराम रम्तेल, तुन्ज बराइली र मेहेले पार्की रहेका छन्।

यसैगरी, समावेशी आयोगको अध्यक्ष रामप्रसाद खत्री तथा सदस्यहरुमा रामचन्द्र जोशी, रामकृष्ण तिमिल्सिना र हरिदत्त जोशी रहेका छन्।

आदिवासी जनजाति आयोगको अध्यक्षमा रामबहादुर थापा तथा सदस्यहरुमा मिनश्रीस मगर, मेन्चुङ लामा, रिना राना र चरण राईलाई नियुक्ति दिइएको छ।

मधेशी आयोगको सदस्इहरुमा जिवत्स साह, रेणुदेवी साह र विजय गुप्तालाई नियुक्ति दिइएको छ।

सरकारले थारु आयोगमा सदस्यहरु, विकास चौधरी, वविता चौधरी, सुवोध सिंह, भोलाराम चौधरीलाई नियुक्त गरेको छ। भने, मुस्लिम आयोगमा सदस्यद्वय, महमुद्दिन अली र मिर्जा अरसद बेगलाई नियुक्ति दिएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.