प्रचण्डलाई लिखित जवाफसहित एक साताभित्र उपस्थित हुन सर्वोच्चको आदेश

डिसी नेपाल
२१ माघ २०७७ १६:२९
472
Shares

काठमाडौं । दुई चोइटामा विभाजित नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिखित जवाफसहित आफैं उपस्थित हुन सर्वोच्च अदालतले आदेश दिएको छ ।

अधिवक्ता समिर बलामीले हालेको निवेदनमाथि बुधबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले म्याद प्राप्त भएको मितिले बाटाका म्याद बाहेक एक साताभित्र अदालतमा आफैं उपस्थित हुन प्रचण्डलाई आदेश दिएको हो ।

बलामीले हालेको निवेदन सोमबार दर्ता गरी मंगलबारका लागि पेसी तोकिएको थियो। मंगलबार इजलास नबसेपछि पेसी बुधबारका लागि सारिएको थियो । प्रचण्डले पटक–पटक अदालत र न्यायाधीशहरुलाई लक्षित गरि धम्कीपूर्ण अभिव्यक्ति दिएको दावी गर्दै अधिवक्ता बलामीले अवहेलनाको मुद्दा दायर गरेका थिए।

न्यायाधीशहरुले जनभावना अनुसार फैसला नगरे जनताको अदालतबाट फैसला गर्ने अभिव्यक्ति दिएको भन्दै अवहेलनाको मुद्दा चलाउन रिटमा माग गिरएको छ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व सभामुख दमननाथ ढुंगाना र चार पूर्व प्रधानन्यायाधीशहरु अनुपराज शर्मा, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्धको अवहेलना मुद्दामा आफैं लिखित जवाफसहित उपस्थित हुन अदालतले आदेश दिइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.