आमहड्ताल फिर्ता गर्न रमेश खरेलको आग्रह

डिसी नेपाल
२१ माघ २०७७ १९:१०
1.4k
Shares

काठमाडौं । पूर्व डीआईजी एवं नेपाल सुशासन अभियानका अभियान्ता रमेश खरेलले बिहीबार हुने भनिएको नेकपा प्रचण्ड–नेपाल समूहको आमहड्ताल फिर्ता गर्न आग्रह गरेका छन्।

डिसी नेपालसँग कुरा गर्दै खरेलले बन्दजस्ता कार्यक्रम गरेर देश र जनतालाई दुःख दिन नहुने बताए। उनले भने, ‘आफ्नो अधिकारको कुरा गर्दा अरुको अधिकारबारे पनि सोच्नु पर्यो। बन्द गर्ने परम्परा नै हटाउनु पर्यो। पहिला हाम्रो देशलाई बन्दको देश भनिन्थ्यो। अहिले फेरि बन्द हड्ताल शुरु गर्न लागिएको छ। यो फिर्ता हुनुपर्छ।’

खरेलले बुधबार एक भिडियो जारी गर्दै अरुको अधिकारको हनन् गर्न नहुने भन्दै आमहड्तालको विरोधसमेत गरेका छन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन पनि असंवैधानिक कदम भएको बताए। ‘प्रधानमन्त्रीको असंवैधानिक कदमको नेपाल सुशासन अभियान विरोध गर्दछ’, उनले भने। प्रधानमन्त्रीको कदम असंवैधानिक भए पनि आफूहरुले शान्तिपूर्ण विरोध गरेको जनाउँदै प्रचण्ड–नेपाल समूहलाई पनि शान्तिपूर्ण आन्दोलन गर्न उनले आग्रह गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.