फागुनको पहिलो साता संयुक्त जनआन्दोलन हुने प्रचण्डकाे दाबी

डिसी नेपाल
२२ माघ २०७७ ११:१७
96
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फागुनको पहिलो साताबाट ठूलो आन्दोलन हुने बताएका छन्।

प्रचण्ड–नेपाल समूहले आह्वान गरेको हड्ताल सफल पार्न भन्दै सडकमा आएका प्रचण्डले भने, ‘फागुनको पहिलो सातापछि संयुक्त जनआन्दोलन हुन्छ अनि ओलीको आयु सकिन्छ।’

प्रचण्डले ओलीलाई पश्चाताप गरेर पछि हट्नु पर्ने बताए। उनले भने, ‘यदि ओलीले पश्चाताप गरेर पछि हटेनन् भने जनआन्दोलन नै हुन्छ। अहिलेसम्मकै ठूलो जनआन्दोलन हुन्छ।’

उक्त जनआन्दोलनले लोकतन्त्रका विरोधिहरुलाई बढार्ने विश्वास लिएको पनि प्रचण्डको भनाइ छ। उनले भने, ‘सरकारले दिउँसै रातपार्ने काम गरे। सरकारले जनविरोधि काम ग-यो र त्यसैको फलसस्वरुप हामी सडकमा छौ र अर्को जनआन्दोलन हुन्छ।’

पञ्चहरुले भएभरका मान्छेलाई पैसा दिएर ल्याएर पञ्च-याली गरेको स्मरण गर्दै प्रचण्डले भने, ‘अहिलेको पनि सरकारले यस्तै गरेको मलाई लाग्छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड–नेपाल समूह सडकमा छ। पार्टीभित्रबाट काम गर्न नदिएका कारण प्रतिनिधिसभा विघटन गर्न बाध्ये भएको प्रधानमन्त्रीको भनाइ छ।

प्रधानमन्त्रीले असंवैधानिक कदम चालेको भन्दै सर्वोच्चमा परेका रिटहरुमाथिको सुनुवाई जानरी छ। प्रचण्ड–नेपाल समूह लगायत प्रतिपक्षी नेपाली कांग्रेस, जनता समाजवादी पार्टीले सडकमा आन्दोलन गरेर संसद पुर्नस्थापनको माग राखि दवाव दिइरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.