वसन्त श्रवण गर्न राष्ट्रपति भण्डारी वसन्तपुर जाने

डिसी नेपाल
३ फागुन २०७७ १९:३२
24
Shares

काठमाडौं। मंगलबार वसन्तपञ्चमीका अवसरमा परम्परा अनुसार राष्ट्रपति विद्यादेवी भण्डारी वसन्त श्रवण गर्न वसन्तपुर जाने भएकी छन्। राष्ट्र प्रमुखले वसन्त श्रवण गर्ने परम्परा रहेअनुसार राष्ट्रपति वसन्तपुर जाने कार्यक्रम तय भएको राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी ले जानकारी दिए।

कोरोना महामारीका कारण यो वर्षका धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरु सिमित रुपमा मनाइए पनि वसन्तपञ्चमी भने खुला रुपमा मनाइने भएको छ।

गुठी संस्थान शाखा कार्यालय काठमाडौंले कोरोना महामारीका कारण रोकिएका सबै धार्मिक तथा सांस्कृतिक पर्वहरु अब खुला गरिने जनाएको छ। तर मंगलबारको वसन्तपञ्चमीमा जीवित देवी कुमारीको खट भने ननिकालिने कार्यालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.