राजा र जनताको सहमतिबाट नेपाल खडा भएको होः पूर्वराजा ज्ञानेन्द्र

डिसी नेपाल
६ फागुन २०७७ १७:३१
452
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालप्रति स्वामित्वको दावी गर्दै नेपालु जनता राजाको सहमतिबाट खडा भएको बताएका छन्। उनले त्यसको अस्तित्व रक्षा पनि सहमतिबाटै हुने बताएका छन्।

७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा बिहीबार शुभकामना सन्देश जारी गर्दै उनले प्रजातन्त्र प्राप्तिको सत्तरी बर्षपछि आएर जनताको आस्था चाहना र जनभावना अमिर रहने र यसलाई मेटेर नमेटिन तथा बटारेर नबटारिने बताएका छन्।

प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषको नेताहरुको शासन प्रणलीमात्र नभई जनताको सामाजिक जीवनपद्धति पनि भएकाले नागरिकले प्राप्त गर्ने सन्तुलित खुसीले मात्र प्रजातन्त्रको प्राण रहने उनको बुझाइ छ। यसमा राष्ट्रको प्रतिष्ठा बढाउन कति समर्थ भएका छौं भन्नका लागि मातृभूमिको माटो छातीमा राखेर आत्मसमीक्षा गर्नुपर्ने उनले उल्लेख गरेका छन्।

उनले प्रजातन्त्रप्राप्तिका लागि योगदान पुर्याउनेहरुलाई नमन समेत गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.