कुन दलको कति स्थानमा अग्रता

डिसी नेपाल
२३ फागुन २०८२ ४:०४
10.4k
Shares

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मत गणनाअनुसार १०७ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ। सो दलले आठ स्थानमा जित निकालेको छ।

निर्वाचन आयोगका अनुसार गणना भइरहेका १५९ निर्वाचन क्षेत्रमा आज राति १ः०० बजेसम्म नेपाली कांग्रेसका उम्मेदवारले नौ स्थानमा अग्रता कायम गर्दा तीन स्थानमा विजयी भएका छन्।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का १४ उम्मेदवारले अग्रता कायम गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का १० उम्मेदवारले अग्रता कायम गर्दा दुई उम्मेदवार विजयी भएका छन्।

त्यसैगरी श्रम संस्कृति पार्टीका पाँच तथा राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी र एक स्वतन्त्र उम्मेदवार एक-एक स्थानमा अगाडि छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *