५ सय ९५ कैदीबन्दीको कैद माफी मिनाहा

डिसी नेपाल
६ फागुन २०७७ २१:५५
668
Shares

काठमाडौ । राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसका अवसरमा ५ सय ९५ जना कैदीबन्दीको कैद माफी मिनाहा गरेकी छन् । राष्ट्रपति कार्यालयले विज्ञप्ती जारी गर्दै मन्त्रिपरिषद्को सिफारिसमा उनिहरुको कैद माफी मिनाहा गरेको जनाएको छ। राष्ट्रपतिले प्रजातन्त्र दिवस, गणतन्त्र दिवसलगायतका अवसरमा कैदीबन्दीको कैद मिनाहा माफी गर्न पाउने कानूनी व्यवस्था रहेको हुन्छ। जसअनुसार राष्ट्रपति  भण्डारीले मिनाहा गरेकी हुन् ।

माफी मिनाहा हुनेमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १ सय ५९ बमोजिम सालिन्द्र यादवसमेतको १५ जना, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ को दफा १२ बमोजिम शुक्रबारदेखि लागू हुने गरी विर्खहाङ लिम्बुसमेतका ४ सय १ जना र सर्वोच्च अदालतको गत साउन १९ गतेको परमादेश समेतको आधारमा फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्व्यन) ऐन। २०७४ लागू हुनु पूर्व गरेको कसूरमा जन्मकैदको सजाय भई आजसम्ममा कम्तीमा ५० प्रतिशत कैद भुक्तान भएको र असल चालचलन भएका सुदिप लिम्बुसमेत गरेर १ सय ७९ जना कैदी रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.