प्रचण्ड, माधव नेपाल र देउवाबीच भेट हुँदै
फाइल तस्वीर
काठमाडौं। प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाबाट उत्साहित बनेको नेकपा (प्रचण्ड–माधव नेपाल) समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गर्दैछन्।
प्रचण्ड र नेपाल चिवतवनबाट फर्किएपछि आजै सभापति देउवासँग भेट्ने कार्यक्रम रहेको अध्यक्ष नेपाल निकट स्रोतले जनाएको छ।
‘अहिले चितवनबाट अध्यक्षद्वय फर्किएपछि कांग्रेस सभापतिसँग भेट्ने कार्यक्रम छ,’ स्रोतले भन्यो, ‘नयाँ परिस्थिति निर्माण भएपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुनेछ।’ केही समयअघि प्रतिनिधिसभा पुनःस्थापना भए आफू प्रधानमन्त्री नबन्ने दाबी गरेका थिए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment