ललितपुर- १ मा कांग्रेसका राणाको अग्रता

डिसी नेपाल
२२ फागुन २०८२ ११:२४
1.4k
Shares

ललितपुर। ललितपुर क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार उदय शमशेर राणाको अग्रता कायमै रहेको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा बिहान १०ः३० बजेसम्मको परिणामअनुसार राणाले तीन हजार १४४ मत प्राप्त गरेका छन्।

यसैगरी नेकपा (एमाले)का उम्मेदवार चेतनाथ सञ्जेलले एक हजार ७५३ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले एक हजार ६५२ मत प्राप्त गरेका छन्।

यस क्षेत्रमा कुल ७७ हजार ७३७ मतदातामध्ये ५२ हजार ६३२ मत खसेको थियो। यहाँ विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी २८ जना प्रत्यासी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *