हामीसँग रोनाल्डो, पेले र मेस्सीहरु छन्, खेल बल्ल सुरु भयो : मन्त्री श्रेष्ठ

डिसी नेपाल
१२ फागुन २०७७ १२:१०
10.0k
Shares

काठमाडौं । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्रीले राजीनामा नदिने बताएका छन्। सीटीईभीटीको ३३ औ वार्षिकोत्सवलाई सम्बोधन गर्दै श्रेष्ठले प्रधानमन्त्रीले राजीनामा नदिने बताएका छन्।

श्रेष्ठलले अविश्वासको प्रस्ताव आए पनि अहिलेको सरकारले निरन्तरता पाउने दाबी समेत गरेका छन्। उनले अविश्वासको प्रस्तावलाई सामाना गरेरे अघिबढ्ने बताए।
काठको ज्यानमा मयुरको प्वाँख हालेकाहरुले केही गर्न नसक्ने उनको भनाई छ। उनले भने, ‘खेल त अब सुरु भयो। हामीसँग रोनाल्डो, पेले र मेस्सीहरु छन। यही सरकारले निरन्तर हुन्छ अबको सरकार चुनावी सरकार हुन्छ।’

चुनाव जसरी पनि हुने उनको दाबी छ। प्रधानमन्त्री बनाईदिनु पर्‍यो भनेर नेताहरुले घर–घर चाहारे पनि अस्थिरताको फोहोरी खेलबाट देशलाई मुक्त गर्न चुनाव आवश्यक भएको उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.