अदालतको फैसला सामान्य होः प्रधानमन्त्री ओली

डिसी नेपाल
१२ फागुन २०७७ १७:४७
488
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको प्रतिनिधिसभा पूनःस्थापना गर्ने फैसला सामान्य भएको बताएका छन् । बुधबार नेपालको माटोको डिजीटल नक्सा सार्वजनिक कार्यक्रममा ओलीले अदालतले गरेको फैसलाले आफूलाई केही फरक नपर्ने बताएका हुन्।

उनले सर्वोच्चको फैसलालाई लिएर नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले चितवनमा लड्डु खाँदै आपसमा खुसीयाली मनाएको भन्दै व्यङ्ग्य मिश्रित कटाक्ष समेत गरे ।

उनले पदमा रहँदासम्म आफूले देश र जनताको पक्षमा राम्रो काम गरिरहने बताएका छन् । प्रचण्ड नेपाल समूहले आफ्नो राजीनामा माग्नु ठिक नभएको उनको भनाई थियो।

उनले भने, ‘के जिते मलाई थाहा छैन, के पाउँछन् अब हेर्नुछ, मेरो विचारमा भोलि पर्सिदेखि राजीनामा माग्नुहुन्छ कि जस्तो लाग्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.