पार्टी एकता गर्ने बामदेवको प्रस्तावमा प्रचण्ड मौन
काठमाडौं। पार्टी एकता अभियान चलाइरहेका नेकपा नेता बामदेव गौतमले पार्टी एकता गर्न नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रस्ताव गरेका छन्।
बिहीबार विहान प्रचण्ड निवास खुमलटार पुगेका गौतमले प्रचण्डलाई पार्टी एकता गर्ने प्रस्ताव राखेका थिए। गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीका अनुसार गौतमले आफू पार्टी एकताको पक्षमा रहेको र एकता अभिना चलाइरहेको भन्दै अब ढिला नगरी एकता गर्नुपर्ने प्रस्ताव राखेका थिए।
तर गौतमको प्रस्तावमा प्रचण्डले कुनै जवाफ दिएनन्। प्रचण्डले गौतमको कुरामात्रै सुन्ने काम गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ दल नेकपा दुई समूहका विभाजित बनेको छ। तर सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि एकताको आधार तयार भएको भन्दै गौतमले प्रचण्डलाई पार्टी एकता गर्न प्रस्ताव राखेका हुन्।







डिसी नेपाल







Facebook Comment