भारतको मुम्बईमा एक नेपाली सात महिनादेखि सम्पर्कबिहिन

डिसी नेपाल
१३ फागुन २०७७ २२:४८
344
Shares

भरत पौडेल

मुम्बई । कैलाली गौरीगंगा नगरपालिका ६ बन्भेडाका नवल बोगटी भारतको महाराष्ट्र राज्य अन्तर्गत मुम्बईबाट सात महिनादेखि सम्पर्कबिहिन भएका छन् ।

गत वर्ष जुलाईमा भारतको महाराष्ट्र राज्य कोरोनको प्रभावले पूर्णरुपमा लकडाउन गरिएको बेला धेरै नेपालीहरुले रोजगारी गुमाएका थिए। त्यसैबेलादेखि अहिलेसम्म उनी परिवारदेखि सम्पर्कबिहिन छन्। परिवारको आर्थिक अवस्था नाजुक भएकाले खोजतलास गर्नसम्म नसकेको डिसी नेपाललाई उनको पारिवारिक सदस्यले जानकारी दिएका छन्। ४५ वर्षीय बोगटी महाराष्ट्रमा लगभग २० वर्षदेखि रोजगारी गर्दै आएका थिए ।

सम्पर्कबिहिन हुनुभन्दा केहि दिनअघि उनले नेपालमा आफन्तलाई फोन गरेर अन्तिम शब्द भनेका थिए, ‘मलाई कोरोना भैसक्यो, म मर्छु’ । त्यती भनेर उनको मोबाइल बन्द भएको उनका आफन्तले जानकारी दिएका छन्। उनको परिवारमा आमा बुवा, श्रीमती सहित दुई छोरी र एक छोरा रहेका छन् ।

केहि समयदेखि मुम्बईमा नेपालीहरु सम्पर्कबिहिन हुने घटना दोहोरिरहेको हुनाले मुम्बईमा नेपालीहरु असुरक्षित रहेको देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.