विभिन्न मुद्दामा मलेसियाको जेलमा १७७ जना नेपाली

डिसी नेपाल
२० फागुन २०७७ ७:१८
476
Shares

मलेसीया । वैदेशिक रोजगारीको शिलशिलामा मलेसिया पुगेका १ सय ७७ जना नेपाली अहिले पनि विभिन्न मुद्दामा जेल जीवन बिताइ रहेका छन्। केही कमाउने र परिवारलाई सुख दिने सपना बोकेर मेलसिया पुगेका उनीहरु विभिन्न मुद्दामा जेलको जीवन बिताइ रहेका हुन्।

मलेसियकाको पेनाल कोर्ट अन्तर्गत ३१ जना रहेका छन्। बलात्कार, झैझगडा लगायतका मुद्दाहरु उनीहरुमाथि लागेका छन् । यस्तै लागुऔषधमा १० रहेका छन्।

ज्यान उद्योग अन्तर्गतको (मर्डर) केसमा ६ जनाको मुद्दा विचाराधीन रहेको नेपाली राजदूतावास मलेसीयाका द्वितीय सचिव प्रेम बुढाथापाले डिसी नेपाललाई जानकारी दिए। कोरोना महामारीका बेला मलेसियामा मुभमेन्ट कन्ट्रोल अर्डर उलङ्घन गरेको आरोपमा ३ जनाले जेल जीवन बिताइरहेका छन्।

अवैधानिक रुपमा मलेसियामा बसेर काम गर्दै आएका ५१ जना, बच्चालाई यौन दुव्र्यवहार गरेको आरोपमा २ जना र पानी ट्यांकीमा विष मिसाउन खोजेको आरोममा १ जनाले जेलको जीवन बिताइरहेको छन्।

हालसम्म ६४ जनाको मुद्दाको फैसला आइसकेको छ। पेनाल कोर्ट अन्तर्गत रहेका १० जना नेपालीलाई दूतावासले आर्थिक खर्च समेत दिएर मुद्दा लड्न सहयोग गरिरहेको थापाले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.