जन्म दिनमा नेता नेपाललाई सर्वोच्चको ‘पीडादायी उपहार’

डिसी नेपाल
२३ फागुन २०७७ २२:५१
596
Shares

काठमाडौं। पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल आइतबार ६८ वर्ष पुगेर ६९ औं वर्षको पुग्दा जन्म दिनको शुभकामना थापिरहेका थिए। सामाजिक सञ्जालमा उनलाई शुभकामनाको ओइरो लागेको थियो। फोनबाट पनि उनले जन्म दिनको शुभकामना प्राप्त गरे होलान। र कति उपहार पनि पाए होलान जसले उनलाई खुशी तुल्याएको हुनुपर्छ।

तर, जब आइतबार दिउँसो तीन बज्यो रामशाह पथबाट उनको काममा नमिठो गरी बजारिने समाचार आइपुग्यो – नेकपा खारेज, एमाले र माओवादी केन्द्र ब्युँतिए। जन्मदिनको हर्षोल्लासमा रहेका नेता नेपालका लागि सर्वोच्चले जन्म दिनको ‘पीडादायी उपहार’ दिएको छ।

सँयोग नै मान्नुपर्छ यसअघि फागुन ११ मा प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारमा जन्मदिन मनाइरहँदा पनि उनलाई पनि सर्वोच्च अदालतले ‘पीडादायी उपहार’का रुपमा संसद विघटनको निर्णय बदर गरिदिएको थियो।

संसद  विघटनले त्यतिबेला ओलीलाई झट्का दिएको थियो भने आइतबार नेकपा खारेज गरेर एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि नेता नेपाललाई राजनीतिक जीवनमै संकट उत्पन्न गराइदिएको छ।

सर्वोच्चको फैसला अनुसार एमाले सक्रिय भए ओलीसँग सम्बन्ध तोडेका नेता नेपाल ओली अध्यक्ष रहेको एमालेको वरिष्ठ नेताको हैसियतमा पुग्न बाध्यमात्र हुने छैनन, ओली समक्ष आत्मआलोचना नगरेर कारबाहीको भागिदारसमेत बन्नुपर्ने अवस्था आउन सक्छ। जसले करिब ५ दशक लामो नेता नेपालको राजनीतिक यात्रालाई नै ब्रेक लगाइदिन सक्छ।

एक बाहालवाला प्रधानमन्त्री र अर्का पूर्वप्रधानमन्त्रीको जन्मदिनकै दिन सर्वोच्चबाट भएका यी फैसलापछि सामाजिक सञ्जालमा नेताहरुलाई जन्म दिन नफापेको भन्दै टिप्पणीहरु भइरहेका छन्। दुई कम्युनिष्ट नेताले जन्मदिनको अवसरमा सर्वोच्च अदालतबाट नमिठो संयोग भोग्नुपरेको छ।

तर, आइतबारको सर्वोच्चको फैसलाले प्रधानमन्त्री ओलीलाई फागुन ११ को फैसलाले पुर्याएको आघातमा मलहम लगाइदिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.