तीन लाख ४८ हजार डोज कोभ्याक्सको खोप आयो नेपाल

डिसी नेपाल
२३ फागुन २०७७ २३:०५
28
Shares

काठमाडौं । कोभ्याक्स सुविधामार्फत उपलब्ध हुने कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप नेपालमा ल्याइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले तीन लाख ४८ हजार मात्रा खोप कोभ्याक्स सुविधामार्फत आइतबार नेपाल आइपुगेको जानकारी दिए ।

कोभ्याक्सले नेपाललाई एक करोड ३० लाख मात्रा खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । कोभ्याक्स सुविधाअन्तर्गत भारतको सिरम इस्च्टिच्युट अफ इण्डिया कम्पनीले उपत्पादन गरेको ‘कोभिशिल्ड’ खोप नै नेपाल आएको हो ।

उनले नेपालको लागि यो खोप प्राप्त गर्नु सुनौलो अवसर भएको भन्दै आगामाी जेठ महिनामा अर्को चरणमा १९ लाख मात्रा खोप नेपालले प्राप्त गर्ने अपेक्षा गरिएको बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि सारा बेथ्सोलो न्यन्तीले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गरे। खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागको चिस्यान केन्द्रमा राखिएको छ । नेपाललगायत दक्षिण एसियाली क्षेत्रिय सहयोग सङ्गठन (सार्क)मा वर्मा र श्रीलङ्काले कोभ्याक्समार्फत खोप पाएका छन् ।

कोभ्याक्स सुविधामार्फत कम विकसित देशलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.