पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु
काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान सुरु भएको छ।
पशुपति क्षेत्र विकास कोषको आयोजनामा कर्मचारी, भक्तजन र स्थानीयवासीलगायतको सहभागितामा सम्पदा सफाइ अभियान सुरु गरिएको हो।
यसक्रममा आज कोषका पदाधिकारी र कर्मचारीद्वारा विश्वरुपा र मृगस्थली क्षेत्रमा सफाइ गरिएको सूचना अधिकारी अनिता भट्टले जानकारी दिए। सफाइका क्रममा त्यस क्षेत्रमा जम्मा भएका प्लास्टिकलगायत फोहर व्यवस्थापन गरिएको उनले सुनाए।
सफाइमा कोषका सदस्य सचिव प्रकाशमणि शर्मा भुसाल, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीलगायत कर्मचारी, भक्तजन र स्थानीयवासीको सक्रिय सहभागिता रहेको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment