एमाले नेता प्रदीप ज्ञवाली भन्छन्- पत्रकारको मुख थुन्ने प्रयास बन्द गर!
काठमाडौं। नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सञ्चारमाध्यम र पत्रकारमाथि भइरहेको भनिएका गतिविधिप्रति आपत्ति जनाएका छन्।
नेता ज्ञवालीले सामाजिक सञ्जालमा लेख्दै मिडिया हाउसको प्रवेशद्वारमा गाडी तेर्स्याएर आतङ्कित पार्ने, झुटा मुद्दा लगाउने र पक्राउ पुर्जीबिनै पक्राउ गर्ने प्रयास भइरहेको टिप्पणी गरेका छन्।
ज्ञवालीले समाचारसँग सरकार किन यति धेरै डराएको भन्दै पत्रकारको मुख थुन्ने प्रयास बन्द गर्न सरकारसँग आग्रह गरेका छन्।
उनले भनेका छन्- ‘कहिले मिडिया हाउसको गेटमा गाडी तेर्स्याउँदै आतङ्कित पार्ने कोशिस, कहिले झुठा मुध्दा, कहिले बिना पूर्जी पक्राउ। समाचारसँग कति तर्सिएको हो ? पत्रकारको मुख थुन्ने प्रयास बन्द गर !’
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment