समाचार लेखेकै भरमा पत्रकारमाथिको धरपकड हुँदा सरकारको अलोकतान्त्रिक चरित्र उदांगियो : डा. डिला संग्रौला
काठमाडौं। समाचार लेखेकै भरमा पत्रकारलाई धरपकड गरिएको घटनाप्रति नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ। नेपाली कांग्रेसका महामन्त्री डा. डिला संग्रौलाले यस प्रकारको कार्यले सरकारको अलोकतान्त्रिक चरित्र फेरि एक पटक नेपाली जनतासामु उजागर भएको उल्लेख गरिएको छ।
उनले वक्तव्यमा भनिएको छ,‘प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रता नेपालको संविधानले नै प्रत्याभूत गरेको छ। यो अधिकार कसैको निगाहामा प्राप्त अधिकार होइन, दशकौँ लामो सङ्घर्षको नतिजा हो।’
समाचारमा चित्त नबुझे खण्डन गर्ने, उजुरी गर्ने वा कानुनी उपचार खोज्ने वैधानिक उपायहरू हुँदाहुँदै सत्ता र शक्तिको बलमा सञ्चारकर्मीहरूलाई धम्क्याउने, सादा पोसाकका प्रहरी समाचार कक्षमा पठाउने तथा केरकार गर्ने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने उनले स्पष्ट पारेकी छन्।
साथै, उनले पक्राउ परेका सम्पूर्ण पत्रकारहरूलाई तत्काल रिहा गर्न र संविधानको मर्म अनुरूप प्रेस स्वतन्त्रताको सम्मान तथा पूर्ण प्रत्याभूति गर्न सरकारसँग जोडदार माग गरेकी छन्। यस्ता गतिविधिबाट उत्पन्न हुने जुनसुकै परिस्थितिको जिम्मेवार वर्तमान सरकार नै हुने पनि उनले चेतावनी दिइएकी छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment