सेना दिवसमा कुनै पनि सांस्कृतिक कार्यक्रम नहुने
काठमाडौं। नेपाली सेनाले यसवर्ष सेनाको दिवसको अवसरमा कुनै पनि सांस्कृतिक कार्यक्रम नगर्ने भएको छ। कोभिड–१९ को महामारीलाई ध्यानमा राख्दै यसपटकको महाशिवरात्री तथा सेना दिवसमा आयोजना गर्ने सार्वजनिक कार्यक्रममा फौजको सख्या घटाउनुका साथै अघिल्ला वर्षमा जस्तो भोज तथा सांस्कृतिक कार्यक्रम नगर्ने भएको हो।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार २७ फागुनमा महाशिवरात्री तथा सेना दिवस–२०७७ को अवसरमा नेपाली सेनाले काठमाडौको सैनिक मञ्च, टुँडिखेलमा मुख्य समारोहमा १२ सय फौज घटाउने भएको हो। साथै सेना दिवसको अवसरमा आयोजना हुने रात्रीभोज तथा सांस्कृतिक कार्यक्रम नगर्ने जनाएको हो।
नेपाली सेनाका अनुसार यसअघि सेना दिवसको अवसरमा ३ हजार भन्दा बढी सय फौज परिचालन हुँदै आएका थिए। यस्तै सेना दिवसमा अवसरमा त्रिभुवन आर्मी अफिसर्स क्लबमा हुने सांस्कृतिक तथा रात्रिभोज कार्यक्रम र विभिन्न सार्वजनिक स्थल तथा सपिङ्ग मलहरुमा डिजिटल डिसप्ले बोर्ड मार्फत हुने प्रत्यक्ष प्रसारण नगरिने पनि रोकिएको छ।
सेनाले २६ फागुनमा वीर स्मारक, छाउनीमा प्रधान सेनापतिबाट नेपाली सेनाका विरगति प्राप्त गर्ने सकलदर्जाहरु प्रति श्रद्धाञ्जली अर्पण गर्ने तथा वीरगति प्राप्त सकलदर्जाका एकल महिलाहरुलाई सम्मान गर्ने कार्यक्रम राखेको छ।
यस्तै २७ फागुजनमा सैनिक मन्च, टुँडिखेलमा राष्ट्रपतिको प्रमुख आतिथ्यमा राईफल तथा तोपबाट बढाँई कवाज, त्रिभुवन आर्मी क्लबका खेलाडी र राष्ट्रिय सेवा दलका क्याडेट लगायत विभिन्न युनिटहरुबाट मार्चपाष्ट, बख्तरबन्द गाडी तथा विभिन्न हतियार तथा ईक्युप्मेन्टहरुको प्रदर्शन, ब्याण्ड डिस्प्ले, नेपाली सेनाका हेलिकप्टरहरुबाट नेपालको राष्ट्रिय झण्डा र सेना दिवस–२०७७ लेखिएको ब्यानर प्रदर्शन र पुष्पबृष्टि तथा हवाइ जहाजहरुबाट पाराजम्प प्रदर्शन हुनेछ।
सो अवसरमा राष्ट्रपति विद्या भण्डारीबाट नेपाल एकिकरणको ईतिहास (१८०१ देखि १८७२), नेपालको ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलको परिचय र सिपाही बार्षिक–२०७७ को विमोचन तथा फ्रि–फल जम्पमा प्रथम र द्वितिय हुने सहभागीहरुलाई पुरस्कार वितरण हुनेछ।







डिसी नेपाल







Facebook Comment