पशुपतिनाथमा सुनको जलहरी राखेको खुशियालीमा दीप प्रज्ज्वलन

डिसी नेपाल
२५ फागुन २०७७ २३:३६
40
Shares

काठमाडौं । पशुपतिनाथ मन्दिरमा सुनको जलहरी फेरिएको खुशियालीमा योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले आज पशुपतिनाथ मूल मन्दिर परिसरमा दीपावली गरेको छ । पहिले तामाको जलहरी राखिएकामा राजा गीर्वाणयुद्ध विक्रम शाहको पालामा चाँदीको फेरिएको थियो ।

चाँदीको जलहरी पनि जीर्ण भएपछि गत फागुन १२ गते बुधबार पशुपति क्षेत्र विकास कोषले १०८ किलो सुनको व्यवस्था गरेर स्वर्ण जलहरी राखेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वर्ण जलहरी राख्नुअघि पशुपतिनाथमा प्राण प्रतिष्ठासहित पूजा गरेकी थिइन् । यसका लागि रु ८० करोड खर्च लागेको कोषले जनाएको छ ।

सुनको जलहरी राख्न सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत रु ३० करोड खर्च गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत माघ १२ गते पशुपतिनाथ मन्दिरमा विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन गर्दै सुनको जलहरी राख्न सरकारका तर्फबाट सहयोग गर्ने घोषणा गरेका थिए । जीर्ण चाँदीको जलहरीमाथि सुनको जलहरी राखिएको खुशियालीमा दीपावली गरिएको परिषद्का उपाध्यक्ष सुदर्शन भट्टराईले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.