माओवादी केन्द्र र जसपा नेताहरुबीच भेट

डिसी नेपाल
२६ फागुन २०७७ १५:२२
144
Shares

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका नेताहरुबीच छलफल भएको छ। माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा भएका छलफलमा जसपाका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो सहभागी छन्।

बुधबार विहान बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले नयाँ राजनीतिक घटनाक्रमका विषयमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र जसपासँग छलफल गर्न अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई जिम्मेवारी दिने निर्णय गरेको थियो।

सोही अनुसार प्रचण्डले जसपा नेताहरुसँग छलफल गरेका हुन्। प्रचण्डले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका नेता डा. बाबुराम भट्टराईसँग छुट्टाछुट्टै छलफल गरेका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.