प्रधानसम्पादक भट्टराई नेपाली सेनाको ‘प्रधान सेनापति प्रशंसा निशान’ बाट सम्मानित

डिसी नेपाल
२७ फागुन २०७७ १३:३०
756
Shares

काठमाडौं । नेपाली सेनाले डिसी नेपालका प्रधानसम्पादक चूडामणि भट्टराईलाई ‘प्रधान सेनापति प्रशंसा निशान’ ले सम्मानित गरेको छ। नेपाली सेना दिवस २०७७ का उपलक्ष्यमा सेनाले सो सम्मान प्रधान सम्पादक भट्टराईलाई दिने निर्णय गरेको हो।

मुलुकको राष्ट्रिय सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध र अन्तर्राष्ट्रिय सुरक्षाका बीचको अन्तरसंबन्धबारे कलम चलाउँदै आएका प्रधानसम्पादक भट्टराईलाई सुरक्षा, रक्षा तथा नेपाली सेनाका विषयमा तथ्यपरक सूचना प्रवाह गरेको सम्मान गरिएको नेपाली सेनाले जनाएको छ।

नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले हस्ताक्षर गरेको निशान प्रशस्तिमा भनिएको छ, ‘डिसी नेपाल डट कमका सम्पादक श्री चूडामणि भट्टराईले सुरक्षा, रक्षा तथा नेपाली सेनाका विषयमा सही र तथ्यपरक सूचना एवं समाचारहरु प्रकाशन गरी आम जनमानसमा नेपाली सेनासम्बन्धि सकारात्मक धारणा निर्माण गर्न सहयोग गर्नु भई नेपाली सेनाको छवि तथा संस्थागत हित अभिबृद्धि गर्ने कार्यमा महत्वपूर्ण योगदान दिनु भएकोले उक्त कार्यको प्रशंसा गर्दै उच्च सम्मान गर्दछु।’

प्रधान सेनापति थापाले प्रशस्ति पत्रसहित छकुने षट्कोण आकारकोे ब्याच प्रधानसम्पादक भट्टराईलाई हस्तान्तरण गर्दै सम्मानित गरेका थिए। अमेरिकाको राजधानी वासिंगटन डिसीमा रहेको युनिभर्सिटी अफ डिष्ट्रिक्ट अफ कोलम्बियामा होमल्याण्ड सेक्युरिटी विषयमा एमएस तहमा अध्ययनरत प्रधानसम्पादक भट्टराई नेपाल आएको बेला गतहप्ता सो सम्मान हस्तान्तरण गरिएको थियो।

हस्तान्तरण समाराेहमा वरिष्ठ अधिवक्ता सुशील कुमार पन्तकाे समेत उपस्थिति थियाे। भट्टराईसहित यसपटक सो सम्मानबाट सम्मानित हुनेहरुमा सुरक्षा विज्ञ चिरनजंग थापालगायत छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.