तीन देशका राजदूतलाई सेनाको प्रशंसापत्रद्वारा सम्मान

डिसी नेपाल
२७ फागुन २०७७ १०:३५
284
Shares

काठमाडौं। नेपाली सेनाले नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा, नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीलाई प्रसंसापत्रद्वारा सम्मान गर्दैछ।

सेना दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले तीन मुलुकका राजदूतलाई प्रसंशापत्रमार्फत सम्मान गर्ने कार्यक्रम छ।

कोरोना भाइरस (कोभिड–१९) मा नेपाली सेनामार्फत तीनवटै मुलुकले औषधि र स्वाथ्य सामाग्री सहयोग गरेका थिए। कोभिड–१९ मा चीनले नेपाली सेनामार्फत औषधि उपलब्ध गराएर सहयोग गरेको थियो भने भारतले औषधि र भेन्टिलेटर सहयोग गरेको थियो। अमेरिकाले स्वास्थ्य सामाग्री सेनामार्फत नेपाललाई सहयोग गरेको थियो।

सामरिक दृष्टिले महत्वपूर्ण अर्थ राख्ने तीनवटै मुलुकले उल्लेखनीय सहयोग गरेपछि सेनाले दक्षिण एसियाको शक्ति सन्तुलनको सन्दर्भलाई जोडेर तीन देशका राजदूतलाई प्रसंशापत्रमार्फत सम्मान गरेको रुपमा हेरिएको छ।

सेनाको यो सम्मानले कुटनीतिक र रणनीतिक अर्थ राख्ने जानकारहरुले बताएका छन्। नेपाली सेनाले विश्वका शक्ति राष्ट्रसँग समान सम्बन्ध राख्न खोजेको अर्थका रुपमा पनि यो सम्मानलाई हेरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.