सत्ता समीकरणः जसपा नेतासँग छलफल गर्दै प्रधानमन्त्री ओली

डिसी नेपाल
२७ फागुन २०७७ १७:०७
212
Shares

काठमाडौं। सर्वोच्चको आदेशसँगै तत्कालिन एमाले र माओवादी ब्युँतिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमाथि संकट आउने संकेतहरु देखएपछि प्रधानमन्त्री ओली सक्रिए भएका छन्। संसदमा एमालेको १२१ सिट रहेको छ। र ५३ सिट रहेको माओवादी केन्द्रले हालसम्म सर्थन दिइरहेको छ।

तर, माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल वैकल्पिक सत्ता समीकरण बनाउन भन्दै राजनीतिक भेटघाटलाई तिब्रता दिएकाले सरकार अल्पमतमा पर्ने संकेत देखिएको छ। त्यसैले प्रधानमन्त्री ओली बहुमत कायम गर्न जनता समाजवादी पार्टीसँग गठबन्धन गर्न क्रियाशील भएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओली र जसपाका शीर्ष नेताहरुबीच बिहीबार साँझ बालुवाटारमा छलफलको कार्यक्रम तय भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक रामशरण बजगाईँले पुष्टि गरे। यसअघि एमाले नेताहरुले पनि जसपासँग सत्ता समीकरणबारे छलफल गरिसकेका छन्।

जसपाले सरकारलाई सघाउन ४ वटा शर्त राखेको छ। प्रधानमन्त्रीसँगको छलफलमा जसपाले राखेका शर्तमा सहमति जुटे जसपाले ओली नेतृत्वको सरकारलाई समर्थन दिने जनाइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.