धुलिखेलमा पृथ्वी नारायण शाहको सालिक अनावरण
काठमाडौं। कार्भेको धुलिखेलमा राष्ट्र निर्माता पृथ्वी नारायण शाहको पूर्णकदको सालिक अनावरण गरिएको छ। धुलिखेलको देविस्थानमा निर्मित सालिक प्रधानसेनापति पूर्णचन्द्र थापा र धुलिखेल नगरपालिकाका मेयर अशोक ब्याञ्जुले अनावरण गरेका हुन्।

नगरप्रमुख ब्याञ्जुका अनुसार उक्त पृथ्वी नारायण शाहको सालिक नेपालकै ठूलो रहेको छ। अब चाडैँ उक्त स्थानमा ७ करोडको लागतमा पार्क पनि नगरपालिकाले बनाउने ब्याञ्जुले जानकारी दिए।
पृथ्वी नारायण शाहको उक्त मूर्ति १७ फिट अग्लो रहेको नगर प्रमुख ब्याञ्जुले जानकारी दिए। उनले चाडैँ उक्त स्थानमा १६ फिट अग्लो १६ हाते देवीको मूर्ति बनाउने पनि बताए।
सोही स्थानबाट पनौतिसम्म एकीकृत पदमार्गको सुरुवात पनि गरिएको छ। ब्याञ्जुका अनुसार उक्त पदमार्गको सुरुवात प्रधानसेनापति पूर्णचन्द्र थापाले गरेका हुन्। शाहको सालिक निर्माणको लागि १५ लाख खर्च भएको ब्याञ्जुले जानकारी दिए।
राष्ट्र निर्माता पृथ्वी नारायण शाहले सोही स्थानमा रहेको कार्भे कोतबाट कार्भेका ७ वटा गाउँलाई विशाल नेपालमा एकीकरण गरेको मेयर ब्याञ्जुले बताए। उनले सो सालिक निर्माणका लागि आफूले दुई वर्ष अगाडि प्रतिवद्धता गरेको उल्लेख गर्दै आफूले गरेको प्रतिवद्धताअनुसार सालिक बनेर अनावरणसमेत गरिएको बताए। सो सालिका निर्माण योजनाको शिलान्यास संस्कृतिविद् तेजेश्वरबाबु ग्वाङबुले गरेका थिए।

मेयर ब्याञ्जुले सालिक निर्माणले पृथ्वी नारायाण शाहले कार्भे कोतबाट शुरु गरेको एकीकरणको सदा स्मरण गराउने बताए।







डिसी नेपाल








Facebook Comment