राष्ट्रपति भण्डारीले शिवरात्रीमा गरिन् पञ्चामृत पूजा
काठमाडौं। पूर्व राजाहरुको पालामा पशुपतिनाथमा महाशिवरात्रीका अवसरमा गरिने पूजा कै तरिकाले राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा यस वर्षपनि महाशिवरात्रीका दिन पूजा गरिएको छ।
पशुपति क्षेत्र विकास कोषका निर्देशक डा घनश्याम खतिवडाका अनुसार महाशिवरात्रीका अवसरमा राष्ट्रपति भण्डारीले पाँच हजार एक सय एक मूल्यको पूजा सामाग्रीसहित राजाको पालामा महाशिवरात्रीमा गरिने गरेको पूजाअनुसार नै गरेकी हुन्।
पूर्व राजाहरुको पालामा पशुपतिनाथमा महाशिवरात्रीका अवसरमा गरिने पूजा कै तरिकाले यस वर्षपनि महाशिवरात्रीका दिन पूजा सम्पन्न गरिएका डा खतिवडाले बताए।
उनका अनुसार राष्ट्रपति भण्डारीले महाशिवरात्रीका अवसरमा गरेको पूजा पञ्चामृत हो। पशुपति क्षेत्र विकास कोषकै खर्चमा राष्ट्रपति भण्डारीले राष्ट्र प्रमुखको हैसियतमा सो पूजा गरेकी हुन्। राजतन्त्रमा तत्कालिन राजाहरुले पनि महाशिवरात्रीका अवसरमा पञ्चामृत पूजा गर्ने गरेका थिए। राष्ट्रपति भण्डारीले पूजापछि गरेको ११ हजार दानको व्यवस्था पशुपति क्षेत्र विकास कोषले नै गरेको थियो।
महाशिवरात्रीका अवसरमा राष्ट्रपति भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले आरध्यदेव पशुपतिनाथको दर्शन गरेका थिए। उपराष्ट्रपति पुनले पनि राष्ट्रपति भण्डारीले नै गरेको पञ्चामृत पूजा गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुन पशुपतिनाथको दर्शनका लागि फरक फरक समयमा पशुपतिनाथ पुगेका थिए। पहिला राष्ट्रपति भण्डारीले पशुपतिनाथको दर्शन गरेकी थिइन्, त्यसपछि उपराष्ट्रपति पुन पुगेका थिए।







डिसी नेपाल








Facebook Comment