नेपालमा पहिलो पटक सफलतापूर्वक बाल कलेजो प्रत्यारोपणपछि प्रधानमन्त्रीले दिए बधाई

डिसी नेपाल
१ चैत २०७७ १८:२०
152
Shares

काठमाडौं। नेपालमा पहिलो पटक एक वर्षमुनिका बालकमा सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कलेजो प्रत्यारोपणमा सहभागी चिकित्सकहरुको समूहलाई बधाई दिएका छन्।

उनले ट्वीटरमा लेखेको छन्, ‘नेपालमा पहिलोपटक बाल कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गर्नुहुने शिक्षण अस्पताल महाराजगञ्जका प्राडा रमेशसिंह भण्डारीले नेतृत्व गर्नुभएको टिमलाई बधाई तथा धन्यवाद दिन चाहन्छु।’

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शनिबार राति ११ महिनाका एक जना शिशुमा कलेजो प्रत्यारोपण गरिएको थियो। त्रिवि शिक्षण अस्पतालमा काभ्रेका भएका ३५ वर्षीय बाबुले आफ्ना छोरालाई कलेजो दिएका थिए।

कोरोना भाइरसको संक्रमणको जोखिमका कारण रोकिएको कलेजो प्रत्यारोपण पुनः सुरू भएको छ।

प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘कलेजो प्रत्यारोपण सेवा विस्तारमा सहयोग पुर्याइरहनु भएका नयाँ दिल्लीस्थित फोर्टिस अस्पतालका डा. विवेक भिज र उहाँको सम्पूर्ण टिमलाई धन्यवाद तथा शुभकामना व्यक्त गर्दछु।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.