तीन दिनसम्म मौसममा बदली हुने, हावाहरी, चट्याङसहित पानी पर्ने सम्भावना

डिसी नेपाल
२ चैत २०७७ ७:२९
340
Shares

काठमाडौं । उपत्यका लगायत देशभर तीन दिनसम्म मौसम बदली हुने भएको छ। स्थानीय र पश्चिमी वायुको कारण देशका केही स्थानमा मौसममा बदली आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पूर्वानुमान महाशाखाका अनुसार आज दिउसो र राति गण्डकी, प्रदेश १ र कर्णालीसहित देशका पहाडी भूभागका केही ठाउँमा मेघगर्जनसहित चट्याङ र पानी पर्ने सम्भावना रहेको छ।

मंगलबार पनि देशका पहाडी भूभागमा आंशिकरुपमा बदली हुने र चट्याङसहित सामान्य वर्षा हुने र ३ गते मंगलबार कर्णाली, गण्डकी र प्रदेश १ सँगै बागमतीमा पनि पानी पर्ने महाशाखाले पूर्वानुमान गरेको छ।

बुधबार प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका मेघगर्जन, चट्टयाङ्ग, हावाहुरीसहित पानी पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.