मोबाइलमा संसदीय दलको बैठकबारे एसएमएस आएको छ तर जाँदैनौं : भट्टराई

डिसी नेपाल
४ चैत २०७७ १७:३८
308
Shares

काठमाडौं। प्रधानमन्त्री तथा एमाले अध्यक्ष, संसदीय दलका नेता केपी शर्मा ओली बोलाएको संसदीय दलको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूह अनुपस्थित हुने भएको छ। काठमाडौंमा भेला जारी रहेको बेला बैठक बोलाइएको भन्दै सो समूहले बैठकमा नजाने बताएको हो।

माधव समूहको राजधानीमा जारी राष्ट्रिय भेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सो समूहका प्रचार विभाग प्रमुख योगेश भट्टराईले भेला जारी रहेको जानकारी हुँदाहुँदै पनि संसदीय दलको बैठक बोलाइएको भन्दै भेलाको व्यस्थताका कारण संसदीय दलको बैठकमा जान नसकिने बताए। उनले भने, ‘मोबाइलमा एसएमएस आएको छ। प्रधानमन्त्री तथा हाम्रा संसदीय दलका नेताले बोलाएको बैठकमा नजाने भन्ने होइन, तर नेकपा एमालेको राष्ट्रिय भेला जारी रहेका बेला बोलाइएको बैठकमा जान सकिने अवस्था छैन।’

राष्ट्रिय भेलाबारे जानकारी दिँदै सुझाव दिनका लागि विभिन्न १० वटा समूह बनाइएको जानकारी उनले दिए। उनका अनुसार प्रदेश अनुसार ७ वटा समूह, जनवर्गी संगठन, केन्द्रीय निकाय र सम्पर्क कमिटीको समूह बनाइएको छ। ती समूहले दिएका सुझावका आधारमा बुधबार वरिष्ठ नेता माधवकुमार नेपालले पेस गरेको अवधारणा पत्र पारित गरिने जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.