‘थ्री नेशन्स कप’ खेल्न बङ्गलादेशको टोली काठमाडौंमा
काठमाडौं । बङ्गलादेशको राष्ट्रिय फुटबल टोली ‘थ्री नेशन्स कप’ खेल्न काठमाडौं आइपुगेको छ । प्रतियोगिता अन्तगर्तको पहिलो खेलमा बङ्गलादेशले आगामी मङ्गलबार कीर्गिस्तानको सामना गर्नेछ । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष शिक्षित पराजुली र कार्यसमिति सदस्य रुपेश अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बङ्गलादेशको राष्ट्रिय टोलीका सदस्यलाई स्वागत गरे । बङ्गलादेश फुटबल टोलीका सदस्य, प्रशिक्षकसहित करिब ३० जनाको टोली काठमाडौं आएको हो ।
नेपालले चैत्त १० गतेदेखि ‘थ्री नेशन्स कप’ मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गर्न लागेको छ । प्रतियोगितामा नेपाल, बङ्गलादेश र कीर्गिस्तानको सहभागिता रहनेछ । प्रतियोगिताका सबै खेल दशरथ रङशालामा खेलाइनेछ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment