महान्यायाधिवक्ता खरेलले दिए पदबाट राजीनामा
काठमाडाैं। महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पदबाट राजीनामा दिएका छन्। महान्यायाधिवक्ता खरेलले शुक्रबार पत्रकार सम्मेलन गर्दै राजीनामा दिएका हुन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहअनुसार राजीनामा दिएका छन्।
०७४ साल फागुनमा महान्यायाधिवक्ता नियुक्त खरेलले तीनवर्षे कार्यकाल पूरा गरेर राजीनामा दिएका छन्। सरकार रहँदासम्म महान्यायाधिवक्ताको कार्यकाल रहने भए पनि प्रतिनिधिसभा विघटनपछि खरेलले राजीनामाको इच्छा देखाएका थिए। प्रधानमन्त्री ओलीको कानुनीभन्दा पनि राजनीति बचाउन इच्छुक बनेका खरेलले अबको निर्वाचनमा प्रत्यक्ष निर्वाचन लड्ने इच्छा देखाएका छन्।
राजीनामापछि खरेल नेकपा एमालेको राजनीतिमा सक्रिय हुने बताइएको छ। विगतमा नेकपा एमालेको केन्द्रीय सदस्य भइसकेका खरेल फेरि केन्द्रीय समितिमा मनोनीत भएर काम गर्ने बताइएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment