इंग्ल्यान्डविरुद्धको एकदिवसीय सिरिजका भारतीय टिमको घोषणा

डिसी नेपाल
६ चैत २०७७ १७:५२
148
Shares

काठमाडौं । भारतले इंग्ल्यान्डविरुद्धको एकदिवसीय सिरिजका लागि टिमको घोषणा गरेको छ । विराट कोहलीको कप्तानीमा भारतले १८ सदस्सीय टिमको घोषणा गरेको हो । भारतीय टिमको उपकप्तानमा रोहित शर्मा रहेका छन् ।

भारतले प्रशिद्द कृष्णलाई पहिलोपटक राष्ट्रिय टिममा बोलाएको छ । यस्तै इंग्ल्याण्डविरुद्धको टी२० खेलबाट अन्तराष्ट्रिय क्रिकेटमा डेब्यू गरेका सुर्यकुमार यादव पनि एकदिवसी टिममा परेका छन् ।

भारत र इंग्ल्यान्डबीच तीन खेलको एकदिवसीय सिरिज हुनेछ ।

भारतीय टिम

विराट कोहली, रोहित शर्मा, शिखर धवन, शुभमन गिल, श्रेयस एयर, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या, ऋषभ पन्त, केएल राहुल, युजभेन्द्र चहल, कुलदिप यादव, कुर्नाल पाण्ड्या, वासिङ्गटन सुन्दर, टी नटराजन, भुवनेश्वर कुमार, मोहमद सिराज, प्रशिद्द कृष्ण र शार्दुल ठाकुर




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.