रमेश बडाल महान्यायाधिवक्ता नियुक्त

डिसी नेपाल
६ चैत २०७७ २०:१३
116
Shares

काठमाडौं । अधिवक्ता रमेश बडाल महान्यायाधिवक्ता नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिशमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम बडाललाई नेपालका महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् ।

यसअघि राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमार्फत महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आजैदेखि लागु हुने गरी पदबाट राजीनामा दिएका थिए । राष्ट्रपतिले खरेललाई महान्यायाधिवक्ताका हैसियतले गरेको कार्यसम्पादनप्रति धन्यवाद व्यक्त गरेकी छन् । नवनियुक्त महान्यायाधिवक्ता बडालको शपथ आइतबार हुने जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.