राप्तीमा जलयात्रा सञ्चालनको तयारी

डिसी नेपाल
६ चैत २०७७ २३:०२
28
Shares

राँझा । बाँकेमा पर्यटन प्रवद्र्धनका लागि राप्ती नदीमा जलयात्रा सञ्चालन गर्ने तयारी भएको छ । राप्तीसोनारी गाउँपालिका अगैयास्थित सिक्टा सिँचाइ आयोजनाको बाँधदेखि सिधनिया घाटसम्म व्यावसायिकरूपमा जलयात्रा सञ्चालन गर्ने तयारी भएको पर्यटन प्रवद्र्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार अगैयादेखि डुडुवा गाउँपालिकाको कम्दीस्थित सिधनिया घाटसम्म जलयात्रा सञ्चालन गरिने छ । यसका लागि नेपाल टुर एण्ड ट्राभल एसोसिएसन (नाट्टा) बाँके र राप्तीसोनारी गाउँपालिकाबीच समन्वयात्मक छलफल अघि बढेको छ । नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देल, ¥याफ्टिङ एसोसिएसनका महासचिव शिशिर खनाल, पर्यटन प्रवद्र्धन मञ्च बाँकेका अध्यक्ष श्रेष्ठ र हान बाँकेका सदस्य अनिल झासहितको पर्यटन व्यवसायीको टोलीले राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुसँग भेटघाटसमेत गरेको छ ।

उक्त टोलीले गाउँपालिकासँग सो क्षेत्रमा जलयात्राको सम्भाव्यता अध्ययनका लागि सहयोग मागेको र गाउँपालिका अध्यक्ष थारुले जलयात्रा शुरु गर्न सघाउने प्रतिबद्धता जनाए । अध्यक्ष थारुले राप्ती नदीमा जलयात्रा गराउन सकिने भन्दै यसका लागि गाउँपालिकाले समेत योजना बनाएको बताए । उनका अनुसार राप्ती नदीमा जलयात्रा सञ्चालनको सम्भाव्यता र विकासका लागि गाउँपालिकाबाट केही बजेटसमेत विनियोजन गरिएको छ । जलयात्राको सम्भाव्यता र विकासका लागि प्राविधक टोली केही दिनभित्रै काठमाडौँबाट आउने छ ।

नाट्टा बाँकेका अध्यक्ष सिग्देलले जिल्लामा पर्यटन प्रवद्र्धनका लागि सम्भाव्यता बोकेका क्षेत्रको विकास र प्रवद्र्धन गर्न राप्ती नदीमा जलयात्राको प्रयास अघि सारिएको जानकारी दिए । उनले यसक्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि नेपालगञ्जदेखि ठाकुरद्वारा पर्यटन बस, नेपालगञ्जदेखि सोझो पोखरा उडान तथा बाँकेको नरैनापुरस्थित बर्फानी बाबास्थलमा हेलिकप्टरबाट अवलोकनलगायतका गतिविधि गरिएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.