शनिबार २६ सय पीसीआर परिक्षण गर्दा थप ७९ जनामा कोरोना पुष्टि

डिसी नेपाल
७ चैत २०७७ १६:३०
60
Shares

काठमाडौं । शनिबार नेपालमा २ हजार ६३७ जनामा पीसीआर परिक्षण गर्दा थप ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ८२९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ९ सय ९८ रहेको छ । पछिल्लो २४ घण्टामा ८२ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ८१५ पुगेको छ । हालसम्म कोरोनाको कारण ३ हजार १६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट कुनैपनि बिरामीको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

यस्तै, हालसम्म ४७ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २२ लाख ३३ हजार ३४५ जनाको पीसीआर परीक्षण गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.