अर्कैको नाममा मतदान गर्न खोजेपछि…

डिसी नेपाल
२१ फागुन २०८२ १६:४५
1.3k
Shares

रौतहट। रौतहटको राजपुर नगरपालिकामा अर्काको नाममा मतदान गर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन्। राजपुर नगरपालिका-९, बैरियास्थित मतदान केन्द्रबाट १८ वर्षीय अरजे हयातलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

बैरिया अनाथालयस्थित मतदान केन्द्रमा हयातले स्थानीय महमद आसिकको नाममा मत खसाल्न खोजेपछि विवाद उत्पन्न भएको थियो। स्थिति तनावपूर्ण बनेपछि विवादलाई साम्य पार्न प्रहरीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी विष्णुप्रदिप बस्यालले जानकारी दिए।

डिएसपी बस्यालका अनुसार घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ।

‘उनले वास्तवमै अर्काको नाममा मत खसाल्न खोजेका हुन् वा होइनन् भन्ने विषयमा यकिन भइसकेको छैन, हामी अनुसन्धान गरिरहेका छौँ,’ उनले बताए।

निर्वाचन प्रक्रियालाई प्रभावित पार्ने यस्ता गतिविधिमा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याइने प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *