बालुवाटारमा एमाले बैठक जारी, स्पष्टीकरणबारे कुनै निर्णय भएको छैन : भट्टराई
काठमाडौं। नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको नेकपा एमाले केन्द्रीय कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। बैठकले शनिबार नै बसेको संसदीय दलको बैठकबाट पारित दलको विधान अनुमोदन गर्ने एजेण्डा रहेको छ।
तर, बैठक चलिरहेका बेला समानान्तर गतिविधिमा रहेका वरिष्ठ नेता माधवकुमार नेपाललगायत पाँच जना नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय भन्दै भएको हल्लाबारे बैठकमै रहेका केन्द्रीय सदस्य तथा प्रमुख सचेतक विशाल भट्टराईले कुनै पनि निर्णय भइनसेको जानकारी दिए। उनले बैठक जारी रहेकै बेला कुनै निर्णय भएको भनेर गलत हल्ला फैलाइएको बताए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment