टी२० सिरिज भारतलाई
काठमाडौं । इंग्ल्याण्डविरुद्धको टी२० सिरिज भारतले जितेको छ । पाँचौ तथा अन्तिम खेलमा पाहुनाटोलीलाई ३६ रनले पराजित गर्दै घरेलु टोली भारतले सिरिज जितेको हो ।
भारतले दिएको २२५ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८८ रन बनायो । त्यसका लागि डेभिड मलानले ६८ तथा जोस बटलरले ५२ रन बनाए पनि अन्य खेलाडी राम्रो रन बनाउन सकेनन् । भारतका शार्दुल ठाकुरले ३ तथा भुवनेश्वर कुमारले २ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ओभरमा मात्र २ विकेट गुमाएर २२४ रन बनाएको थियो । भारतका कप्तान विराट कोहलीले सर्वाधिक ८० रन बनाए । यस्तै रोहित शर्माले ६४ रन बनाउँदा हार्दिक पाण्ड्याले ३९ तथा सुर्यकुमार यादवले ३२ रन बनाए । इंग्ल्याण्डका आदिल रशिद र बेनस्टोक्सले १/१ विकेट लिए ।
योसँगै भारतले ३–२ ले टी २० सिरिज जितेको छ ।







डिसी नेपाल








Facebook Comment