चोटका कारण आर्चर भारत विरुद्वको एकदिवसीयमा खेल्ने सम्भावना कम
काठमाडौं । भारत र ईङल्यान्डबीच २३ मार्च देखि पूणेमा ३ खेलको एकदिवसीय सिरिज हुने तय भएको छ । तर सिरिज अगावै भारत भ्रमणमा रहेको ईङल्यान्ड टोलीले झट्का लागेको छ । टोलीका मुख्य बलर जोफ्र्रा आर्चर कुहिनोमा लागेको चोटका कारण टोली बाहिर रहने सम्भावना बढेको छ । ईङल्यान्ड टोलीका कप्तान इयोन मोर्गनले आर्चर घाईते भएको कुराको पुष्टि गरेका छन । यो सँगै आर्चरले आईपीएल खेल्ने सम्भावना पनि कम देखिएको छ ।
मोर्गनका अनुसार अहिले आर्चरको बारेमा केहि भन्न नसकिने र आईतवार मात्रै उनले खेल्ने वा नखेल्ने तय हुने बताए । उनले भने, “हामी आईतवार सम्म हेर्छौ आर्चरको स्थितिमा केही सुधार हुन्छ कि ?” पच्चीस बर्षीय आर्चर भारतसँग भएको टेस्ट सिरिजमै घाईते भएका थिए । उनले भारत विरुद्वको अन्तिम टेस्टमा खेलेका थिएनन । आर्चरले भारत विरुद्वको चौंथो टि–२० सिरिजमा पुनरागमन गरेका थिए । उक्त खेलमा उनले ३३ रन दिएर ४ विकेट लिएका थिए । टि–२० करियरमा उनको यो सबैभन्दा उत्कृष्ट बलिङ हो । टि–२० विश्वकप अगाडि ईङल्यान्डले घरेलु मैदानमा न्युजिल्यान्ड बिरुद्व टि–२० सिरिज खेल्दै छ । आगामी ब्यस्त तालिकालाई मध्यनजर गर्दै आर्चरलाई न्युजिल्यान्ड बिरुद्वको सिरिजमा आराम दिईनेछ ।
आगामी ९ अप्रिलबाट आईपीएलको १४ औं सिजनको सुरुवात हुदैछ । आईपीएलमा आर्चर राजस्थानबाट खेल्छन । उनलाई सन २०२० मोस्ट भेल्युएबल प्लेयरबाट सम्मानित गरिएको थियो । भारत बिरुद्वको टेस्ट सिरिजमा उनले २ खेलमा ४ विकेट लिएका थिए । साथै टि–२० सिरिजको ५ खेलमा ७ विकेट लिदै उनी दोस्रो सबैभन्दा बढी विकेट लिने खेलाडी बनेका थिए ।







डिसी नेपाल








Facebook Comment